काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल बिस्तारको तयारी गरेका छन् । प्रतिनिधिसभा विघटन गर्ने निर्णयप्रति असन्तुष्टि जनाउँदै ७ जना मन्त्रीले राजीनामा दिएपछि सो स्थानमा प्रधानमन्त्री ओलीले नयाँ मन्त्री नियुक्तीको तयारीमा जुटेको एक मन्त्रीले जानकारी दिए ।


ADVERTISEMENT


बिहिबार ओली समूहको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै ओली समूहका प्रवक्ता प्रदीप ज्ञवालीले मन्त्रिमण्डल बिस्तारलाई पहिलो प्राथमिकतामा राखिएको बताएका हुन् ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्री ओली कामचलाउ नभएको दाबी गर्दै प्रवक्ता ज्ञवालीले प्रतिनिधिसभा विघटन सम्बन्धी विज्ञप्तिमा राष्ट्रपतिले समेत सो बारे केही उल्लेख नगरेको जिकिर समेत गरे ।