काठमाडौँ–प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी वैशाखमा चुनाव गराउन नसक्ने भए चैतमै सत्ता छाड्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई सुझाव दिएका छन्।


ADVERTISEMENT


मेची–महाकाली राष्ट्रिय अभियानका क्रममा भएको सप्तरी घटना र आगामी कार्यक्रमबारे जानकारी दिन आयोजित विशेष पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै ओलीले भने, ‘सरकारले चुनाव रोक्ने तारतम्य गर्दैछ । चुनाव गराउन नसक्ने हो भने प्रधानमन्त्रीले वैशाख पर्खनु पर्दैन चैतमै सत्ता छाडे हुन्छ।’ उनले निर्वाचन आयोगमार्फत चुनाव हुन नसक्ने जानकारी सरकारले गराउन लागिपरेको बताउँदै चुनाव गराउन नसक्ने हो भने सरकारमा बसिरहनुको कुनै औचित्य नहुने स्पष्ट पारे।


ADVERTISEMENT

# # #


ओलीले एमाले विरुद्ध सत्तापक्ष नै लड्न लड्न आएको बताएका छन्। ‘एमाले नेताहरूमाथि खुलेआम हत्या प्रयास भएको छ।
यसअघि नेताहरूको लुकेर हत्या हुन्थ्यो, जस्तो मदन भण्डारी र जीवराज आश्रीतको लुकेरै हत्या भयो अहिले खुलेआम सत्ता पक्षकै त्रिपक्षीय पार्टीको मिलेभगतमा हाम्रो हत्या हुन खोजिरहेको छ,’ उनले भने।

‘सत्तापक्षको मिलिभगतमा सप्तरीमा यस्तो घटना भएको हो,’ ओलीले भने, ‘एमाले विरुद्ध सत्तापक्ष नै लड्न आएको हो । मान्छे मार्ने पूर्वयोजना थियो तर हामी निस्केनौं।’ उनले मधेसी मोर्चालाई जसले सरकारमा लगेको उसैले फिर्ता गराउन लागिपरेको भन्दै आलोचना समेत गरे। ‘मधेसी मोर्चा सरकारलाई दिएको समर्थन फिर्ता लिने भन्दैछ। उसले चाहेर फिर्ता हुन्न उसलाई जसले राखेको हो उसैले चाहेर मात्र उसको निर्णय हुन्छ।’

सप्तरीका सुरक्षा अधिकारीलाई फिर्ता बोलाउने यो सबै का त्रिपक्षीय सत्तारूढ दलको मिलिभगत भएको ओलीको दाबी थियो। ओलीले आझ भारतीय सुरक्षा कर्मीले नेपाल पसेर मान्छे मारेको विषयमा मोर्चा मौन रहेको भन्दै आलोचना गरे। ‘आज खुलेआम भारतीय प्रहरीले नेपाली भूमिमा पसेर मान्छे मार्छ के यसमा मोर्चा बोल्नुपर्दैन,’ उनले प्रश्न गरे। अहिले सरकार कहाँ(कहाँ दाम आउँछ त्यही अल्मलिइरहेको भन्दै चर्को आलोचना गरेका छन्।

आफ्नो कार्यक्रम भोलिदेखि निरन्तर हुने भन्दै ओलीले सरकारले आफूहरूलाई सुरक्षा दिन नसके आफ्नो सुरक्षा गर्न हामी आफै तयार रहेको बताए।