काठमाडौँ– संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आज आह्वान गरेको नेपाल बन्दमा काठमाडौँ उपत्यकामा खासै प्रभाव परेको छैन । सवारी साधनहरु निर्बाध सञ्चालन भएको, हालसम्म कुनै प्रदर्शन तथा घटना नभएको उपत्यका ट्राफिक कार्यालयले जनाएको छ ।


ADVERTISEMENT


मोर्चाले सप्तरीमा यही फागुन २३ गते भएको हिंसात्मक घटनाको विरोधमा बन्द आह्वान गरेको हो । भाडाका सवारीसाधन केही पातलो देखिएपनि निजी र अन्य सवारीसाधन यथावत् चलेका छन् भने कतिपय निजी विद्यालय खुलेका छैनन् ।


ADVERTISEMENT

# # #