काठमाडौँ – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले आफू कुनै गुट वा व्यक्तिको नभई नेकपाको प्रवक्ता रहेको बताएका छन् ।


ADVERTISEMENT


मंगलबार नेकपाका अध्यक्ष केपी ओलीले बालुवाटारमा आफू निकट केन्द्रीय कमिटिको भेला गर्दै श्रेष्ठलाई हटाउँदै प्रवक्ताको जिम्मेवारी प्रदीप ज्ञवालीलाई दिएका थिए । त्यसबारे प्रक्रिया दिँदै प्रवक्ता श्रेष्ठले कुनै तथाकथित गुटको भेलाको कुनै निर्णय नेकपाको प्रवक्ताको जिम्मेजारीसँग सम्बन्धित नभएको उनले बताए ।


ADVERTISEMENT

# # #


मंगलबार नै बबलमहलमा बसेको प्रचण्ड–माधव नेपाल समूहको केन्द्रीय कमिटिको बैठकको निर्णय सुनाउँदै प्रवक्त श्रेष्ठले भने, ‘म कुनै व्यक्तिको, कुनै गुटको प्रवक्ता होइन, म नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रवक्ता हुँ ।’ नेकपाको बैठकले आफूलाई थप उत्साहित हुँदै अगाडि बढुन निर्देशन दिएको उनले बताए ।