काठमाडौँ – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहले माधव कुमार नेपाललाई नेकपाको अध्यक्ष बनाउने निर्णय गरेको छ ।


ADVERTISEMENT


संसद विघटन गरेपछि प्रधानमन्त्री ओलीलाई अनुशासनको कारबाही गर्दै उनलाई पदबाट हटाएसँगै रिक्त स्थानमा माधव नेपाललाई सर्वसम्मत चयन गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।


ADVERTISEMENT

# # #


प्रवक्ता श्रेष्ठले भने, ‘काम्रेड केपी शर्माओलीले ऐतिहासिक राजनीतिक परिवर्तन, संविधान, लोकतन्त्र र पार्टी तथा पार्टी एकताको विरुद्धमा कार्य गर्नु भएकाले, पार्टी अनुशासनको गम्भीर उल्लंघन गर्नुभएकोले उहाँलाई पार्टीको अन्तरिम विधान अनुसार अनुशासनको कारबाही गरी पार्टी अध्यक्षको जिम्मेवारीबाट मुक्त गरिएको छ ।’