काठमाडौँ – प्रतिनिधिसभा विटघनविरुद्ध सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदले सर्वोच्चमा रिट पेश गरेका छन् । मंगलबार नेकपाका सांसदहरुले प्रतिनिधिसभा विघटन बदर गर्न माग गर्दै प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारी र सभामुख अग्‍निप्रसाद सापकोटालाई विपक्षी बनाएर रिट पेश गरेका हुन् ।


ADVERTISEMENT


सांसदहरु देव गुरुङ, कृष्णभक्त पोखरेल, शशी श्रेष्ठ र रामकुमारी झाँक्रील रिट लिएर सुर्वोच्च पुगेका हुन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरेपछि त्यसको सर्वत्र विरोध भइरहेको छ ।


ADVERTISEMENT

# # #


“प्रधानमन्त्रीले गरेको संसद् विघटन र निर्वाचनको मिति सिफारिस र सो सिफारिसका आधारमा राष्ट्रपतिबाट गरेको संसद् विघटनको निर्णयबाट हामी निवेदक पाँच वर्षसम्म प्रतिनिधित्व गर्न पाउने हकबाट वञ्चित भएका छौं,” रिटमा भनिएको छ, “अतः मिति २०७७ पुस ५ मा प्रधानमन्त्रीले गरेको सिफारिस र सो सिफारिसका आधारमा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटनसम्बन्धी सम्पूर्ण काम-कारबाही र सो सिफारिसका आधारमा भए गरेका सम्पूर्ण कार्यहरु नेपालको संविधानको धारा १३३ को उपधारा २ र ३ बमोजिम उत्प्रेषणको आदेशबाट बदर गरी प्रतिनिधिसभाले गर्नुपर्ने कामहरु सम्पन्न गर्न आवश्यक र उपयुक्त आदेश जारी होस् ।”