काठमाडौँ – सत्तारुढ दल नेपाल कम्यनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्माओलीले बालुवाटारमा बोलाएको नेकपा केन्द्रीय कमिटिको बैठक सानो गुटको भेला भएको बताएका छन् ।


ADVERTISEMENT


मंगलबार बबरमहलमा आयोजित केन्द्रीय कमिटिको बैठकमा बोल्दै नेता नेपालले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहति आफूहरुको बैठक नै नेकपाको बैधानिक र आधिकारिक बैठक भएको दाबी गरेका हुन् ।


ADVERTISEMENT

# # #


‘केन्द्रीय कमिटी सबैभन्दा ठूलो हो। त्योभन्दा माथि कोही हुनेवाला छैन,’ नेपालले भने, ‘बालुवाटारको गुट भेला हो पार्टी केन्द्रीय कमिटी बैठक होइन।’ ता नेपालले नेकपाका केन्द्रीय सदस्यहरुको वास्तविक संख्या ४४१ भएको बताउँदै आफूहरुको बैठकमा दुई तिहाइ केन्द्रीय सदस्य रहेको बताए । उनले बालुवाटार बैठकको वैधता समेत नरहने बताए ।

प्रधानमन्त्री ओलीले मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा आफू निकट केन्द्रीय कमिटिको बैठक बसालेका थिए । उक्त बैठकले केन्द्रीय कमिटि विस्तार गर्ने, पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठलाई हटाएर प्रदीप ज्ञवालीलाई बनाउने निर्णय गरेको थियो । यस्तै बैठकले पार्टीको एकता महाधिवेशन अर्को वर्ष मंसिर २ गते गर्ने घोषणा गरेको थियो ।

नेता नेपालले पूर्व एमाले र माओ‌वादीको विघटन भइसकेको बताए । पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डलाई पटकपटक अपमान गरेको तर त्यसलाई सहेर भएपनि कम्युनिस्ट आन्दोलन बचाउनुपर्छ भनेर लागेको भन्दै उनले प्रचण्डको प्रशंसा समेत गरे ।