काठमाडौँ – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् प्रधानमन्त्री शर्माओलीले पार्टीको एकता महाधिवेशन अर्को वर्षको मंसिर २ गते गर्ने घोषणा गरेका छन् ।


ADVERTISEMENT


प्रयितनिधिसभा विघटनको पसीपल्ट (आज) प्रधानमन्त्री निवास बालुवाटारमा आफू निकट नेकपा केन्द्रीय कमिटिका सदस्यहरुको भेला गर्दै ओलीले एकपक्षीय रुपमा एकता महाधिवेशनको घोषणा गरेका हुन् ।


ADVERTISEMENT

# # #


अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिषठ नेताद्वय माधत्रव नेपाल तथा भलनाथ खनालसमूहबिनै बसेको बैठकले केन्द्रीय कमिटि विस्तार गर्नुका साथै नेकपाको प्रवक्ता समेत फेरेको छ । ओलीले नारायणकाजीलाई हटाएर प्रवक्ताको जिम्मेवारी प्रदीप ज्ञवालीलाई दिएका छन् । नयाँ प्रवक्ताबारेका प्रश्नमा उनले पार्टी प्रवक्ताको काम पार्टीको आधिकारिक नीति र निर्णय प्रस्तुत गर्ने हुनुपर्ने भएकाले नयाँ जिम्मेवारी दिइएको स्पष्ट गरे ।

प्रवक्ता ज्ञवालीले बैठकले ओली पहिलो अध्यक्ष भएको र पार्टीको मौजुदा विधानले महासचिवले नै बैठकको सूचना र एजेण्डा तय गर्ने भनेकाले आफूहरु नै वैधानिक भएको र आफ्ना निर्णय मात्रै वैधानिक हुने दाबी गरे ।

महासचिव विष्णुप्रसाद पौडेलले सञ्चालन र स्थायी कमिटीका सदस्य टोपबहादुर रायमाझीले स्वागत गरेको आजको बैठकले केन्द्रीय कमिटीको अर्को बैठक यही पुस ९ गते तय गरेको प्रवक्ता ज्ञवालीले जानकारी दिए ।

नेकपामा सम्भावित विभाजनमा विदेशीको हात छ कि छैन भन्ने प्रश्नमा नेता ज्ञवालीले प्रतिप्रश्न गर्दै भने, “संसद्बाट ६४ प्रतिशत जनमतप्राप्त प्रधानमन्त्रीविरुद्ध एउटा प्रयोजनका लागि गरिएको हस्ताक्षरलाई रातारात प्रस्तुत गर्नुपर्ने कारण के थियो ? के यसले राष्ट्रियतालाई बलियो बनाएको छ ? बहुमतप्राप्त दलको नेतालाई काम गर्न अप्ठ्यारो भयो, यस्तो स्थितिमा जनताका बीचमा जानु के अपराध हो र ?”

पार्टी राज्य सञ्चालकको संवाहक भएको भए सरकारले अझै राम्रो काम गर्न सक्ने थियो भन्दै उनले आफूहरुले गरेको कामप्रति गर्व रहेको र त्यसको तथ्यगत सूची लिएर आउने जानकारी दिए ।

केही दलले प्रतिनिधिसभाको निर्वाचन घोषणाको विरोध गरेका सन्दर्भमा प्रवक्ता ज्ञवालीले लोकतान्त्रिक शक्तिहरु निर्वाचनबाट नभाग्ने भएकाले तिनले निर्वाचनका लागि भित्रभित्र तयारी गरिरहेको र सार्वजनिक खपतका लागि मात्र विरोध गरेको प्रतिक्रिया दिए।

प्रतिनिधिसभा विघटन गरेपछि ओलीसँग आक्रोशित बनेको प्रचण्ड–नेपाल पक्षको केन्द्रीय कार्यसमितिको बैठक अहिले छुट्टै बसिरहेको छ । बैठकले ओलीलाई कारबाही गर्ने बुझिएको छ ।