काठमाडौँ – गत वर्ष माघदेखि चीनले गरेको नाकाबन्दीको प्रभावस्वरुप चीनतर्फ हुने निर्यात ह्वात्तै घटेको छ ।


ADVERTISEMENT


चालू आर्थिक वर्षको पहिलो ४ महीनामा अघिल्लो वर्षको यही अवधिको तुलनामा ६० प्रतिशतले निर्यात घटेको हो । सरकारले निर्यात प्रवद्र्धन गर्ने बताइरहँदा पाम, दाल, जस्तापाता, हस्तकला, अलैँची, कार्पेट, तयारी पोशाक लगायतका सामानको राम्रो बजार रहेको चीनमा निर्यात हुन नसकेको हो । चिनियाँ पक्षले गत वर्षदेखि अघोषित रुपमा एकतर्फी नाकाबन्दी लगाएको छ । नेपाल हिमालय सिमापार व्यापार संघका अध्यक्ष बच्चु पौडेलकाअनुसार हाल चीनले नै केही चिनियाँ सामान नाकासम्म छाडिदिने गरेकोमा नेपाली कन्टेनर नाकापारि जानै पाएका छैनन् । उनले भने, ‘चार्टड विमानबाट हुने व्यापार यथावत होला तर नाकाबाट निर्यात शून्यप्राय छ ।’


ADVERTISEMENT

# # #


नेपाल राष्ट्र बैंकले सोमवार सार्वजनिक गरेको पहिलो चौमासको तथ्यांकअनुसार यस वर्ष नेपालबाट चीनतर्फ हुने निर्यात ५९.२ प्रतिशतले गटेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २३ दशमलव ९ प्रतिशतले वृद्धि भएको थियो ।