काठमाडौँ – नेकपाको विवाद अन्ततः पार्टी फुट्ने चरणमा पुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र माधव नेपाल–पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छुट्टाछुट्टै तयारी शुरु गरेका छन् ।


ADVERTISEMENT


ओली र प्रचण्ड–नेपाल समूहले मंगलवार छुट्टाछुट्टै केन्द्रिय समितिको वैठक डाकेका छन् । यो नै नेकपा विभाजनको औपचारिक विभाजनको आधार हुने नेकपाका एक केन्द्रिय सदस्यले बताए ।


ADVERTISEMENT

# # #


आइतवार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेपछि दुबै पक्ष छुट्टाछुट्टै आफू पक्षका नेता तान्ने सरगर्मीमा जुटेका छन् । दुबै पक्षले एकअर्कालाई आक्षेप लगाउँदै विज्ञप्ति निकालेका छन् भने प्रचण्ड–नेपाल पक्षले ओलीलाई पार्टी कारवाही गर्ने तयारी पनि गरेका छन् । यता, ओलीले पनि दुई वर्षसम्म रिक्त संवैधानिक निकायमा नियुक्ति गरेका छन् ।

आजको वैठकले नेकपा फुटको निश्चितता पाउने भएपनि प्रचण्ड–नेपाल पक्षले एकता नटुक्रिने दाबी गर्दै आएको छ । ओलीलाई कारवाही गर्ने तयारीमा आफू रहेको भएपनि नेकपा फुटको घोषणा गर्नेतर्फ आफू नरहेको नेपाल पक्षका एक नेताले बताए ।

पार्टी विभाजनको संघारमा पुगिरहँदा ओली र प्रचण्ड–नेपाल पक्षमा रहेका केन्द्रिय सदस्यको पनि चर्चा हुन थालेको छ । केही समय तटस्थ रहेका नेताहरुले पनि लगभग आफ्नो कित्ता क्लियर गरिसकेका छन् । ओली पक्षमा १२० जना केन्द्रिय सदस्य रहेका छन् । यस्तै प्रचण्ड पक्षमा १९१ र नेपाल पक्षमा १०७ गरी प्रचण्ड नेपाल पक्षमा २९८ केन्द्रिय सदस्य रहेका छन् ।