काठमाडौँ – प्रधानमन्त्री केपी शर्माओलीले मन्त्रीपरिषद्को बैठक बोलाएका छन् । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ६ बजे बस्नेछ ।


ADVERTISEMENT


बैठकले संवैधानिक परिषद् सम्बन्त्री अध्यादेश फिर्ता लिने निर्णय गर्ने सम्भावना रहेको स्रोतले जनाएको छ । मन्त्रिपरिषद्ले निर्णय गरेर सिफारिस गरेपछि राष्ट्रपतिले फिर्ता गर्नसक्ने व्यवस्था छ।


ADVERTISEMENT

# # #


मंगलबार बिहान बोलाएको संवैधानिक परिषदको बैठकमा सभामुख अग्‍निप्रसाद सापकोटा अनुपस्थित भएपछि बैठक स्थगित भएको थियो। त्यसलगत्तै आकष्मिक मन्त्रीपरिषद्को बैठक बोलाउँदै प्रधानमन्त्री ओलीले सभामुख र प्रमुख प्रतिपक्षी दलको नेताबिनै बैठक बस्न मिल्ने गरी संवैधानिक परिषद् सम्बन्धी अध्यादेश राष्ट्रपति मार्फत जारी गराएका थिए ।

त्यसको व्यापक विरोध पछि बुधबार बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटिको बैठकमा ओली अध्यादेश फिर्ता लिन सहमत भएका थिए ।