काठमाडौँ – चिनी मिलहरुबाट उखुको भुक्तानी नपाएपछि आन्दोलनका लागि राजधानी आइपुगेका उखु किसानले आज पनि माइतीघर मण्डलामा आज पनि धर्ना दिएका छन् ।


ADVERTISEMENT


उनीहरुले आइतबार माइतीघर मण्डलामा प्रदर्शन गरेका थिए । यसअघि गत वर्षको पुस १६ गते सरकारसँग भएको सम्झौता कार्यान्वयन गर्नुपर्ने उखु किसानहरुको माग छ । किसानहरु मागहरु लेखिएका प्लेकार्ड सहित सडकमा बसेर प्रदर्शन गरिरहेका छन् ।


ADVERTISEMENT

# # #


उखुको मूल्य पाउने आशामा सर्लाहीका किसानहरु आन्दोलनका लागि शनिबार काठमाडौँ आइपुगेका थिए ।

तस्बिर : रासस