काठमाडौँ – फोर्डको नेपालको आधिकारिक विक्रेता जीओ अटोमोबाइल्स प्रालिले नयाँ फोर्ड इकोस्पोर्ट २०२१ संस्करण नेपाल ल्याउने भएको छ । कम्पनीले २०२१ मा यो गाडी भित्र्याउने तयारी गरेको छ । कम्पनीले यसका लागि पुरानै मूल्यमा गाडीको बुकिङ समेत खुला गरेको छ ।


ADVERTISEMENT


फोर्ड इकोस्पोर्टको सन् २०१३ मा विक्री सुरु भएको थियो । यसको शक्तिशाली प्रदर्शन, बहुमुखी प्रतिभा, क्षमता, परिस्कृत स्टाइल र उच्चतम् प्रविधिले नेपालीको मन जितेको कम्पनीको दाबी छ ।


ADVERTISEMENT

# # #


कम्पनीले लगातार नयाँ सुविधा र प्रविधिका साथ आफ्नो श्रेणी/सेगमेन्ट पुनः परिभाषित गर्दै आएको छ । फोर्ड इकोस्पोर्ट मोडल २०२० पूरै बिक्री भइसकेको छ । नयाँ मोडल २०२१ का लागि पनि कम्पनीले २०२० को मूल्यमैै बुकिङ खुल्ला गरेको छ । सन् २०२१ संस्करण ईकोस्पोर्ट बीएस–सिक्समा आधारित पेट्रोल र डिजेल इन्जिनका साथ २०२० संस्करण मूल्यमा बुकिङ खुला गरिएको हो ।