काठमाडौँ – नेपाल ओलम्पिक कमिटीअन्तर्गत वुमेन्स कमिसन बुधबार ज्योती राणाको अध्यक्षतामा ११ सदस्यीय कमिटी गठन भएको छ ।


ADVERTISEMENT


कमिसनको अध्यक्षमा राणाको यो दोस्रो कार्यकाल हो । नेपाल ओलम्पिक कमिटीको सातदोबाटोस्थित कार्यालयमा आयोजित कमिसन गठनको कार्यक्रममा अध्यक्ष जीवनराम श्रेष्ठले सफलताको कामना गरे ।


ADVERTISEMENT

# # #


कमिसनको अन्य सदस्यमा विमला पौडेल, हेल्गा राणा रायमाझी, नन्दा बस्याल, प्रमिला सिंह श्रेष्ठ, प्रतिमा शाह, रेणुका सिटौला, सुधा शाक्य, सुनकेशरी माली, प्रेमा डोल्मा लामा श्रेष्ठ र गीता श्रेष्ठ रहेका छन् ।

कार्यक्रमका अवसरमा अध्यक्ष राणाले कमिसनले महिला खेलाडीको हित र स्वार्थका लागि आवाज उठाउने बताइन् । उनले महिला खेलाडीप्रति हुन सक्ने यौन दुर्व्यवहारबारे जनचेतना जगाउने काम पनि हुने बताइन् । यस्तै कमिसनले छाउ प्रथाबारे पनि चेतनामूलक कार्यक्रम गर्नेछ ।