काठमाडौँ – अब पत्रकारका लागि प्रेस कार्ड बनाउन सूचना तथा प्रशारण विभाग धाउनु नपर्ने भएको छ । सूचना तथा सञ्चारप्रविधि मन्त्रालयले प्रेस कार्ड बनाउने जिम्मा सम्बन्धित जिल्लाको हुलाक कार्यालयलाई दिने निर्णय गरेको छ ।


ADVERTISEMENT


सोमबारको सूचना तथा सञ्चार प्रविधि मन्त्रीस्तरीय बैठकले उक्त निर्णय गरेको हो । उक्त निर्णयसँगै लाइन बस्नुपर्ने, प्रेस कार्ड बनाउनका लागि कसैलाई हार गुहार गर्नुपर्ने वा काठमाडौँ आउनुपर्ने बाध्यतालाई अन्त्य गरेको सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता पार्वत गुरुङल बताए ।


ADVERTISEMENT

# # #


उनले भने, ‘झण्झटिलो प्रक्रियालाई अन्त्य गर्नका लागि हामीले अब प्रेस कार्ड हाम्रो संरचना नभएकाले सम्बन्धित जिल्लाको हुलाक कार्यालय र हुलाक विभागका निर्देशनालयहरुबाट नै प्रेस प्रतिनिधि प्रमाणपत्र पाउने मन्त्रीस्तरीय निर्णय भएको छ ।’

यस्तै अनलाईन सञ्चारमाध्यमले प्रत्येक वर्षको असार मसान्तभित्र सूचना तथा प्रशारण विभागमा पुगेर नवीकरण गराउनु पर्ने बाध्यताको पनि अन्त्य भएको छ । अब सम्बन्धित जिल्लाबाट नै उक्त नवीकरण गर्न सकिने भएको छ ।

मन्त्रालयले सुशासन ऐन २०६४ को २२ दफा को उपदफा १ को अधिनमा रही नवीकरण गर्ने अधिकार जिल्ला हुलाक कार्यालयलाई सुम्पिएको मन्त्री गुरुङले बताए ।