राजविराज– सप्तरीको मतगणनास्थलमा सुरक्षा व्यवस्था सुदृढ गराउन तालीमप्राप्त कुकुर परिचालन गरिएको छ ।


ADVERTISEMENT


राजविराज नगरपालिकालगायत मतगणना भइरहेका १८ वटै मतगणना स्थलमा सुरक्षा व्यवस्था चुस्त र दुरुस्त गर्ने उद्देश्यले तालीमप्राप्त कुकुर परिचालन गरिएको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए ।


ADVERTISEMENT

# # #


यसैबीच सप्तरी जिल्लाका छवटा स्थानीय तहको मतगणना शुरु भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।