एजेन्सी – नेपाल तेलहनजन्य वस्तुको आयातमा कडाइको मागसहित भारतीय व्यवसायीहरुले भारतका वाणिज्य तथा उद्योगमन्त्री पियूष गोयललाई भेटेका छन् ।


ADVERTISEMENT


व्यवसायीहरुले गोयललाई भेटेर नेपाली उत्पादनले बजार ओगटेको बताउँदै वाणिज्यमन्त्री गोयललाई भेटेका हुन् ।


ADVERTISEMENT

# # #


उनीहरुले नेपालबाट आउने पाम, भटमास, स्वबिन लगायतका तेलहनको आयातमा कडाइ गर्नुपर्ने, नियमन गर्नुपर्ने माग राखेका थिए ।
नेपाली उत्पादनका कारण उद्योग धरासयी भएकाले आयात नियमन गर्नुपर्ने उनीहरुको सुझाव थियो ।

गत वर्ष पुषसम्म नेपालबाट सबैभन्दा बढी निर्यात हुने वस्तुका रुपमा पाम तेल पर्दथ्यो । तर भारतीय व्यवसायीहरुले पाम आयात रोक्नुपर्ने माग गरेपछि पुषदेखि भारतले पाम तेलको आयातमा प्रतिवन्ध लगाएको थियो । पछिल्लो समयमा पाम लगायतका तेलको भारतमा निर्यात भइरहेको बताउँदै उद्योगमन्त्री गोयलसँगको भेटमा व्यवसायीहरुले यसलाई नियमन गर्नुपर्ने बताएका थिए ।