काठमाडौँ – अष्ट्रेलिया भ्रमणमा रहेको भारतीय क्रिकेट टिमले पहिलो टी–२० अन्तर्राष्ट्रियमा घरेलू टोलीसामू १६२ रनको लक्ष्य पेश गरेको छ ।


ADVERTISEMENT


अष्ट्रेलियाको केनबेराको मेनुका ओभल मैदानमा टस जितेको अष्ट्रेलियाद्वारा पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६१ रन बनायो । खराब सुरुवात गरेको भारतले ११ रन जोड्दा नै पहिलो विकेटका रुपमा शिखर धवनलाई व्यक्तिगत १ रनमा गुमायो ।


ADVERTISEMENT

# # #


त्यसपछि क्रमशः कप्तान विराट कोहली ९, सन्जु साम्सन २३, मयंक पाण्डे २ रनमा आउट हुँदा हार्दिक पाण्ड्याले १६ रन बनाए । भारतलाई सम्मानजनक स्कोरसम्म पुर्‍याउन केएल राहुलले ५१ रनको अर्धशतकीय पारी खेले । त्यसक्रममा उनले ४० बलमा १ छक्का र ५ चौका प्रहार गरे । यस्तै रविन्द्र जडेजाले ४४ रनको आक्रामक पारी खेले । २३ बलमा उनले ५ चौका र १ छक्का प्रहार गरे ।

अष्ट्रेलियाका लागि मोन्रिस हेन्रिक्वीजले ३, मिचेल स्टार्सले २ तथा अदाम ज्याम्पा र मिचेल स्वेप्सनले समान १ १ विकेट हात परे । अष्ट्रेलियाले जवाफी ब्याटिङ गरिरहेको छ ।

यसअघि भारतले अष्ट्रेलियासँगको ३ खेलको एकदिवसीय श्रृंखला २–१ ले हारिसकेको छ ।