काठमाडौँ – परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले चाँडै नेपालको नयाँ परराष्ट्र नीति सार्वजनिक गर्ने बताएका छन् ।


ADVERTISEMENT


प्रतिनिधिसभा, अन्तरराष्ट्रिय सम्बन्ध समितिको आजको बैठकमा सांसदका जिज्ञासामा मन्त्री ज्ञवालीले केही दिनभित्रै सरकारको परराष्ट्र नीति सार्वजनिक गरिने पनि जानकारी दिएका हुन् । यस्तै उनले भारतसँगको सीमा समस्या सामाधानका लागि विभिन्न तवरले पहल भइरहेको जानकारी दिँदै चीनसँग भने सीमा समस्या नभएको स्पष्ट पारे । उनले


ADVERTISEMENT

# # #


मन्त्री ज्ञवालीले कोरोनाविरुद्धको खोप नेपालमा ल्याउने बारेमा सरकारले पहल गरिरहेको बताउँदै कोभ्याक्सअन्तर्गत २० प्रतिशत खोप सहुलियत दरमा आउने र बाँकी ल्याउन विभिन्न मित्र राष्ट्रसँग पत्राचार भइसकेको जानकारी दिए । एक फरक प्रसङ्गमा उनले ट्रान्सपरेन्सी इन्टरनेशनलले हालै सार्वजनिक गरेको भ्रष्टाचारसम्बन्धी प्रतिवेदन तथ्यमा आधारित नभई दृष्टिकोणमा मात्र आधारित भएको टिप्पणी गरे ।

समितिका सभापति पवित्रा निरौलाले समितिको अर्को बैठकमा मुलुकको राष्ट्रिय सुरक्षा नीतिका बारेमा रक्षा मन्त्रालयसँग छलफल गरिने जानकारी दिइन् । बैठकमा समिति सदस्यले दुई देशबाट भएका नेपाल भ्रमण र नेपाल सरकारको परराष्ट्र नीतिका बारेमा जिज्ञासा राखेका थिए । सांसद भीमबहादुर रावलले नेपालको नदी प्रणालीअन्तर्गत भारतले थप बाँध बाँध्न लागेको भनिएको योजना, प्रबुद्ध व्यक्ति समूह९इपिजी०को प्रतिवेदन, भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुखले नेपालका प्रधानमन्त्रीलाई गरेको भेट, चिनियाँ सहयोगका परियोजनाका प्रगति, संयुक्त राज्य अमेरिकासँग भएको सम्झौतालगायत विषयमा जिज्ञासा राखेका थिए।

सांसद प्रकाशमान सिंहले भारतसँग मात्र नभई चीनसँगको सीमा विवादका सम्बन्धमा पनि जिज्ञासा राखेका थिए । सांसद दिव्यमणि राजभण्डारीले सरकारको परराष्ट्र नीतिबारे जनताले जानकारी पाउनुपर्ने माग राखेका थिए । सांसद सुजाता कोइरालाले कोरोनाविरुद्धको खोप नेपालमा कहिलेसम्म आइपुग्छ र वितरण सम्बन्धमा सरकारको योजना के छ भनी प्रश्न गरेका थिइन् । सांसद मेनुका गुरुङले भारतबाट भएको भ्रमणले कूटनीतिक ढोका खुलेको बताउँदै भारतसँगका थाती मुद्दा समाधानमा मन्त्रालय क्रियाशील हुनुपर्ने सुझाव दिइन् । रासस