कैलाली– कैलालीको गोदावरीमा बिहेको गाडी दुर्घटना हुँदा बेहुलाबेहुलीसहित १३ घाइते भएका छन् ।


ADVERTISEMENT


गेदावरी नगरपालिकाको गाईमारा सडकखण्डमा गए राति बैतडीबाट कञ्चनपुरतर्फ आउँदै गरेको सु प प्र ०१००१ ज १२५४ नं को गाडी २०० मिटर तल खसेको थियो ।
दुर्घटनामा कञ्चनपुरका २१ वर्षीय बेहुला गोविन्द लुहार र बैतडीकी २० वर्षीय बेहुली डम्मरा लुहारसहित १३ जना घाइते भएका हुन् ।


ADVERTISEMENT

# # #


घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । कैलाली प्रहरीको टोलीले घाइतेको उद्धार गरी अत्तरियास्थित पद्मा अस्पताल र धनगढीको माया मेट्रो अस्पतामा भर्ना गरेको छ ।