एजेन्सी – अमेरिकी फर्मा कम्पनी फाइजर र जर्मन बायोप्रविधि कम्पनी बायोएनटेकले निर्माण गरेको कोरोना विरुद्धको खोप प्रयोगका लागि बेलायतले अनुमति दिएको छ ।


ADVERTISEMENT


बेलायतले उक्त खोपलाई वृहत् रुपमा प्रयोग गर्नका लागि अनमति दिएको हो । कोरोनाविरुद्धको खोप प्रयोगका लागि अनुमति दिने पहिलो मुलुक बेलायत बनेको छ ।


ADVERTISEMENT

# # #


बेलायती नियामक संस्था एमएचआरएका अनुसार खोप आगामी सातादेखि लगाउन शुरु गर्न सकिनेछ । उक्त खोप २ करोड मानिसमा प्रयोग हुनेछ । बेलायतले खोपको चार करोड मात्रा किनिसकेको छ ।