काठमाडौँ – प्रहरीको नियन्त्रणमा रहेका प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रिहाई भएका छन् ।


ADVERTISEMENT


बुधबार तनहुँको व्यास नगरपालिका–१ र १० जोड्ने बुल्दी खोला पुल पुल उद्घाटनबारे सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र कांग्रेसबीच विवाद भएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको थियो । तर, पौडेल, निषेधाज्ञा नमान्ने भन्दै जुलस लिएर पुल उद्घाटन गर्न हिँडेपछि प्रहरीले धरपकड गर्दै नियन्त्रणमा लिएको थियो ।


ADVERTISEMENT

# # #


पौडेल पक्राउ परेपछि कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्माओलीलाई फोन गरी नेता पौडेललाई किन पक्राउ गरेको भन्दै प्रश्न गरेका थिए । उनले पौडेलको रिहाई नभए देशव्यापी प्रतिरोध गर्ने चेतावनी दिएका थिए ।

पौडेललाई नियन्त्रणमा लिइएको घटनाबारे चौतर्फी विरोध भएपछि नेता पौडेल छुटेका हुन् ।