काठमाडौँ – बजारमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले बजारबाट एकैदिन ५० अर्ब निक्षेप संकलन गर्ने भएको छ । राष्ट्र बैंकले अनलाइन बिल्डिङ सफ्टवेयर सिस्टममार्फत दिउँसो २ बजेसम्ममा २८ दिनका लागि निक्षेप संकलन गर्न लागेको हो ।


ADVERTISEMENT


केन्द्रिय बैंकले ५ करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोलको माध्यमबाट निक्षेप संकलन गर्न लागेको सूचना सार्वजनिक गरेको छ ।


ADVERTISEMENT

# # #


बोलकबोलमा केन्द्रीय बैंकबाट इजाजत प्राप्त गरेका क, ख र ग वर्गमा बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन् ।

बैंकले संकलन गरिएको रकमको सावा तथा ब्याज भुक्तानी आगामी पुस १५ गते गर्नेछ ।