काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको भूमि चीनविरुद्ध प्रयोग हुन नदिने बताएका छन् । प्रधानमन्त्री ओली र नेपाल भ्रमणमा रहेका चीन्का रक्षामन्त्री वेइ फेङ्हेबीचको वार्तामा उनले गत वर्ष नेपालका भएको चिनियाँ राष्ट्रपति सी चीन फिङको ऐतिहासिक र सफल भ्रमणको स्मरण गर्दै नेपालको भूमि चीनविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता दोहोर्याएको प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा राजन भट्टराईले बताए ।


ADVERTISEMENT


प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका चीनका रक्षामन्त्री वेइ फेङ्हेले दुई देशबीचको सम्बन्ध समस्यारहित रहेकाले आपसमा भएका सहमति र सम्झौता कार्यान्वयन प्रक्रिया अघि बढ्नेमा समान मत व्यक्त गरेका छन्।


ADVERTISEMENT

# # #


भेटमा चिनियाँ रक्षामन्त्री फेङहेले नेपालसँग भएका सम्झौताको कार्यान्वयनमा आफ्ना तर्फबाट कुनै समस्या नरहेको बताएका थिए ।