काठमाडौँ – चिनियाँ रक्षामन्त्री वेइ फेङ्हेलाई नेपाली सेनाले ‘गार्ड अफ अनर’ले प्रदान गरिएको छ । नेपाली सेनाले वेइलाई आइतबार सैनिक मुख्यालय जंगी अड्डामा ‘गार्ड अफ अनर’ प्रदान गरेको हो ।


ADVERTISEMENT


उक्त समारोहमा नेपाली सेनाका प्रधानसेनापति महारथी पूर्णचन्द थापा, नेपालका लागि चिनियाँ राजदूत होउ यांकी लगायतको उपस्थिति रहेको थियो ।


ADVERTISEMENT

# # #


वेई आइतबार मात्रै नेपाल भ्रमणका लागि काठमाडौँ आइपुगेका थिए । उनको भ्रमणले चीन र नेपालका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखका तहमा भएका द्विपक्षीय समझदारी कार्यान्वयनमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।