काठमाडौँ – स्टिभ स्मिथले शतक प्रहार गरेपछि घरेलू टोली अष्ट्रेलियाले दोस्रो एकदिवसीय खेलमा भारतलाई ३९० रनको विशाल चुनौति दिएको छ ।


ADVERTISEMENT


अष्ट्रेलियाको सिड्नीस्थित सिड्नी क्रिकेट ग्राउन्डमा टस जितेर पहिले ब्याटिङ थालेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर ३८९ रन बनाएको हो ।


ADVERTISEMENT

# # #


अष्ट्रेलियाका लागि स्टिभ स्मिथले सर्वाधिक १०४ रन प्रहार गरे । लगातार दोस्रो खेलमा पनि शतक हानेका उनले ६४ बलमा १४ चौका र २ छक्का ठोके । त्यसअघि कप्तान आरोन फिन्चले डेभिड वार्नरसँग मिलेर उत्कृष्ट सुरुवात दिलाए । पहिलो विकेटका रुपमा व्यक्तिगत ६० रन बनाएर आउट हुनुअघि फिन्चले डेभिड वार्नरसँग १४२ रनको साझेदारी गरे । यस्तै वार्नरले ७७ बलमा ७ चौका र ३ छक्काको मदतमा ८३ रन जोडे ।

यस्तै मार्नस लबुछांगेले ७० रनको पारी देले । निकै आक्रमक खेलेका ग्लेन म्याक्सवेलले २९ बलमा नै ६३ रन ठोके । त्यसक्रममा उनले ४ चौका र ४ छक्का प्रहार गरे ।

भारतका लागि मोहम्मद शमी, जस्प्रित बुम्राह र हार्दिक पाण्ड्याले समान १ १ विकेट लिए ।

भारतले जवाफी ब्याटिङ गरिरहेको छ । भारत र अष्ट्रेलियाबीच ३ वटा एकदिवसीय खेल हुँदैछन् । जसमध्ये पहिलो खेलमा अष्ट्रेलियाले भारतलाई ६६ रनले पराजित गरेको थियो ।