काठमाडौँ – नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा एशोसिएटतर्फको उपाध्यक्षमा रामचन्द्र संघई विजयी भएका छन् । चन्द्र ढकाल प्यानलबाट चुनाव लडेका संघई किशोर प्रधान पक्षका शौरभ ज्योतिलाई २१ मतले पराजित गर्दै उपाध्यक्षमा निर्वाचित भएका हुन् ।


ADVERTISEMENT


संघईको बैंक तथा वित्तीय क्षेत्रमा लगानी छ । त्रिवेणी त्रिवेणी स्पिनिङ मिल्सका सञ्चालक समेत रहेका उनले सरकारबाट सीआईपी सम्मान पाएका व्यवसायी हुन् ।


ADVERTISEMENT

# # #


एशोसिएटतर्फका १९ केन्द्रीय सदस्यका लागि ३१ जना चुनावी प्रतिस्पर्धामा थिए।