काठमाडौँ – अष्ट्रेलिया भ्रमणमा रहेको भारतीय क्रिकेट टिम पहिलो एकदिवसीय खेलमा घरेलू टोलीसँग पराजित भएको छ । कप्तान आरोन फिन्च र स्टिभ स्मिथले शतक बनाएपछि अष्ट्रेलियाले भारतलाई ६६ रनले हराएको हो ।


ADVERTISEMENT


शुक्रबार अष्ट्रेलियाको सिड्नीस्थित सिड्नी क्रिकेट ग्राउन्डमा टस जितेर पहिले ब्याटिङ थालेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३७४ रन बनाएको हो । अष्ट्रेलियाले दिएको ३७५ रनको विशाल लक्ष्य पच्छ्याउँदै मैदान उत्रिएको भारतले ५० ओभरमा ८ विकेट गुमाउँदै ३०८ रन मात्रै बनाउन सक्यो ।


ADVERTISEMENT

# # #


भारतका लागि हार्दिक पाण्ड्याले सर्वाधिक ९० रन बनाए । त्यसक्रममा उनले ७६ बलमा ७ चौका र ४ छक्का प्रहार गरे । यस्तै शिखर भवनले ७४ रन जोड्दा कप्तान विराट कोहली २१, रविन्द्र जडेजा २५, मयंक अग्रवाल २२ रनमा आउट भए ।

अष्ट्रेलियाका लागि अदाम ज्याम्पाले ४ विकेट लिए भने जोश ह्याजलवूडले ३ ताथ मिचेल स्टार्सले एक विकेट हात पारे । यसअघि अष्ट्रेलियाका लागि कप्तान फिन्चले डेभिड वार्नरसँग मिलेर उत्कृष्ट सुरुवात दिलाए । पहिलो विकेटका रुपमा व्यक्तिगत ६९ रन बनाएर आउट हुनुअघि वार्नरले फिन्चसँग १५६ रनको साझेदारी गरे । वार्नरले ७६ बलमा ६ चौका प्रहार गरे ।

त्यसपछि फिन्चले स्टिभ स्मिथसँग अर्को १०८ रनको साझेदारी गरे । एकदिवसीयमा १७ औँ शतक प्रहार गरेका फिन्चले १२४ बलमा ९ चौका र २ छक्का प्रहार गरे । यस्तै स्मिथले ६६ बलमा नै शतक पूरा गरे । त्यसक्रममा उनले ११ चौका र ४ छक्का प्रहार गरे ।

यस्तै ग्लेन म्याक्सवेलले १९ बलमा नै ४५ रन बनाएर आक्रामक खेल देखाए । त्यसक्रममा उनले ५ चौका र ३ छक्का प्रहार गरे । यस्तै अलेक्स केरी १७ रनमा नटआउट रहे ।

भारतका लागि मोहम्मद शमीले ३ विकेट लिए भने जस्प्रित बुम्राह, नभदीप सैनी र युजेन्द्र चहालले समान १–१ विकेट हात पारे ।

भारत र अष्ट्रेलियाबीचको अर्को खेल आइतबार हुँदैछ ।