काठमाडौँ – पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई र उनकी पत्नी हिसिला यमी एक महीनापछि कोरोना संक्रमणमुक्त भएका छन्। आइतबार साँझ ट्विट गर्दै डा. भट्टराईले आफूहरू कोरोना संक्रमणमुक्त भएको जानकारी गराएका हुन् ।


ADVERTISEMENT


कात्तिक ७ गते गरिएको स्वाब परीक्षणका क्रममा पत्नीसहित डा भट्टराईलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।


ADVERTISEMENT

# # #


ट्विट गर्दै डा भट्टराईले कोरोना भाइरसको महाव्याधिलाई एक्लाएक्लै जित्न नसकिने भन्दै सबैको समान प्रयास आवश्यक भएको र संक्रमितको सम्मानसहित नियमित स्वास्थ्य सुरक्षा विधि जारी राख्न सबैले प्रयास गर्नुपर्ने बताएका छन् ।