सुनसरी – सुनसरीको दुहवीमा बिभीन्न पार्टी परित्याग गरी नेता तथा कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् ।


ADVERTISEMENT


नेकपा एमाले क्षेत्र नम्बर ३ सुनसरी को आयोजनमा गरिएको पार्टी प्रवेश कार्यक्रममा बिभीन्न पार्टी परित्याग गरी ५ सय बढीको संख्यामा नेता तथा कार्यकर्ताहरु नेकपा एमालेमा प्रवेश गरेका हुन् ।


ADVERTISEMENT

# # #


पार्टी प्रवेश गर्नेहरुलाई स्वागत गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फोरम लोकतान्त्रिकका अध्यक्ष बिजय कुमार गच्छदारलाई आगामी निर्वाचनमा निर्वाचनक्षेत्र परिवर्तन गर्न सुझाव दिए । ओलीले अव सुनसरी क्षेत्र नम्वर तीनको इतिहाँस परिवर्तन हुदैछ भन्दै गच्छदार आफ्नो मित्र भएकोले नजित्ने ठाँउमा नउठ्न सल्लाह दिए। उनले भने “गच्छदार जी अव यो क्षेत्रबाट उठ्ने झण्झट नगर्नुस”।

लोकतान्त्रिक फोरम, राष्ट्रिय प्रजातान्त्रिक पार्टी, नेपाली कांंग्रेस र माओबादीका नेता तथा कार्यकर्ताहरु लाइ एमाले अध्यक्ष तथा पुर्व प्रधानमन्त्री के पी शर्मा ओलीले अविर टीका लगाइ स्वागत गरेका थिए ।