काठमाडौं – समृद्धि स्कुल र विशाल फाउण्डेशनको संयुक्त आयोजनामा राजधानीमा सम्पन्न भएको योङ आन्ट्रपर्नस कन्ल्लेभ २०२० मा सहभागी युवा उधमी तथा विर्धार्थीहरुले स्टार्टअप आइडियामाथि लगानि बढाउन सरकारसँग माग गरेका छन् ।


ADVERTISEMENT


गत कार्तिक २० गतेदेखि २५ गते सम्म सञ्चालन भएको उक्त कार्यक्रममा कन्केलेभ स्टुडियोमार्फत ३ दर्जन अतिथि सहभागी भए भने वेविनार मार्फत १ हजार भन्दा बढि युवा उद्यमी तथा विधार्थीहरुको सहभागीता जनाएका छन् । विभिन्न सेसनहरुमा बोल्दै युवाहरुले आफुहरुको आइडियामाथि सरकारले बिउपुँजी र तालीमको अवसर प्रदान गरे नेपालमै केहि गर्ने रहर रहेको बताएका थिए ।


ADVERTISEMENT

# # #


विभिन्न सेसनमा बोल्ने सरकारका प्रतिनिधि, निजि क्षेत्रका बरिष्ठ उद्यमी र बैकंरहरुले उत्कृष्ट आइडिया भएका स्टार्टअपहरुलाई सुन्य ब्याजदरमा कर्जा सरकारले उपलब्ध गराउन सके भविश्यमा धेरै ठुला ब्यवसायकारुपमा स्टार्टअपहरु बिस्तार हुने बए ।

युवा उद्यमी तथा विधार्थीहरुमा केन्द्रित रहको यो कार्यक्रमले युवा विद्यार्थीवर्गलाई उधमशीलतामा लाग्न अभिप्रेरित गरेको तथा अगुवा उद्यमीहरुको उद्यम अनुभवबाट उद्यमशीलताका सम्भावित समस्या र चुनौति तथा प्रक्रियाको बारेमा ज्ञान आर्जन गर्न सक्ने एउटा महत्वपुर्ण अवसर भएको आयोजक संस्था विशाल फाउण्डेशनका अध्यक्ष नरेश प्रसाद श्रेष्ठले बताए ।

यस्तै कोरोना भाइरस महामारीपछि संसारभर आर्थिक पुनर्उत्थानको एजेण्डा प्रमुखरुपमा उठ्ने भन्दै फाउण्डेशनका प्रमुख कार्यकारी अधिकृत विशाल गैरेले आगामी दिनमा सरकारले सीप विकास र उत्पादशील क्षेत्रमा सहुलियत कर्जाको ब्यवस्था गनुपर्नेमा जोड दिए ।

पुर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, पुर्व अर्थमन्त्री एवं पुर्व सचिव संकरप्रसाद कोइराला, बागमती प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपाल र सामाजिक विकास मन्त्री युवराज दुलाल, राष्ट्रिय योजना आयोगका सदस्य डा. उषा झा, अर्थ मन्त्रालयका प्रमुख आर्थिक सल्लाहकार डा. प्रकाशकुमार श्रेष्ठ लगायतले कार्यक्रमलाई सम्बोधन गरेका थिए ।

प्रत्येक बर्ष कार्यक्रमलाई निरन्तरता दिने र यस्ता कार्यक्रमले युवा, बिद्यार्थीलाई उद्यमी बन्न अभिप्रेरित गर्ने आयोजकको भनाइ रहेको छ ।