काठमाडौँ – एक सातामै खाद्यान्नमा २५ प्रतिशतसम्म मूल्य वृद्धि भएको छ । गएको एक सातामा दाल, तेल, चिनी र गेडागुडीलगायतका खाद्य वस्तुको मूल्य बढेको छ ।


ADVERTISEMENT


अघिल्लो साता प्रतिकिालो १ सय २० रुपैयाँमा पाइने बोडीको मूल्य अहिले १ सय ५० रुपैयाँसम्म पुगेको छ । १ सय १० रुपैयाँ पर्ने चनाको मूल्य बढेर प्रतिशतले वृद्धि
१ सय २५ रुपैयाँसम्म पर्न थालेको छ ।


ADVERTISEMENT

# # #


खुद्रा व्यापार संघकाअनुसार हरियो केराउको मूल्यमा पनि प्रतिकिलो १ सय १५ बाट १ सय ३५ रुपैयाँ, चिनी ८० रुपैयाँबाट ९०, सनफ्लावर तेलको मूल्य प्रतिलिटर १ सय ७० बाट १ सय ८५ रुपैयाँ पुगेको छ । यस्तै, तोरीको तेल २ सय ३० बाट २ सय ६०, भटमासको तेलको मूल्य प्रतिलिटर १ सय ५० बाट १ सय ७० रुपैयाँ पुगेको छ ।

अघिल्ला वर्षहरुमा दसैँ तिहारमा खाद्यान्नको माग बढ्ने गरेकोमा मूल्य पनि वृद्धि हुने गरेको थियो । यद्यपि, यस वर्ष माग नबढेपनि व्यापारीहरुले मूल्य बढाएका हुन् ।