काठमाडौँ — भारतले नेपाललाई २८ वटा आईसीयू भेन्टिलेटर सहयोग गरेको छ ।


ADVERTISEMENT


आइतवार नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई आईसीयू भेन्टिलेटर हस्तान्तरण गरेका थिए । राजदूत क्वात्राले महामारीविरुद्ध लड्न सरकारलाई भारतको सहयोग रहने बताए ।


ADVERTISEMENT

# # #


भारतले यसअघि पारासिटामोल, हाइड्रोक्लोरोक्विनलगायतका स्वास्थ्य सामग्री र पीसीआर किट, आईसीयू भेन्टिलेटर तथा रेमडेसिभिर औषधिसमेत सहयोग गरेको थियो ।