काठमाडौँ – नेपाली काँग्रेसको भातृसंस्था नेपाल तरुण दल सुनसरीका पूर्व अध्यक्ष दुर्गा देवकोटाको उपचारका लागि नेपाली काँग्रेस जनसम्पर्क समिति बेलायतले करीब २ लाख रुपैयाँ संकलन गरेको छ ।


ADVERTISEMENT


सुनसरी जिल्ला बर्तमान अध्यक्ष सिजन गुरुङको आग्रहमा जनसम्पर्क समिति बेलायतका सभापति युवराज गुरुङको नेतृत्वमा १ लाख ९० हजार रकम सहयोग गरी देवकोटा परिवारलाई हस्तान्तरण गरेका हुन् ।


ADVERTISEMENT

# # #


देवकोटालाई अमेरिका बस्ने नेपालीहरुले केही दिन अगाडी दुई लाख २३ हजार सहयोग रकम हस्तान्तरण गरेका थिए भने नेपाली काँग्रेस सुनसरीले एक लाख १७ हजार सहयोग उपलब्ध गराएको छ । दुईवटै मिर्गौला फेल भएपछि उपचारका लागि उनलाई विभिन्न माध्यमबाट सहयोग उपलब्ध भइरहेको छ ।

तरुण दल नेपालका केन्द्रीय अध्यक्ष जितजंग बस्नेतले देवकोटाको उपचारमा कुनै कसर बाँकी नराखी सहयोग गरिने बताएका छन् ।