काठमाडौँ – एमनेस्टी इन्टरनेसनल नेपाल मिडिया ग्रुप ५३ काठमाडौँको संयोजकमा कल्पना दंगाल मनोनयन भएकी छिन् ।


ADVERTISEMENT


एमनेस्टी इन्टरनेशनलको शुक्रवार भर्चुअल माध्यम मार्फत भएको पाचौ साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको हो।


ADVERTISEMENT

# # #


उक्त साधारण सभाले एमनेस्टी इन्टरनेसनलको मिडिया ग्रुप को सहसंयोजकमा रेणुका गुरुङ ,सचिवमा सुमित्रा रंजित र कोषाध्यक्षमा हेमा गुरुङलाई चयन गरेको छ । ग्रुपको वोर्ड सदस्यहरुमा रिंकु ढकाल कोइराला,रश्मिला श्रेष्ठ र राजेश्वरी श्रेष्ठ र टेक्निकल कोअर्डिनेटरमा द्रोण पराजुलीलाई जिम्मेवारी प्रदान गरिएको छ ।

उक्त सभामा मिडिया ग्रुप ५३ काठमाडौंले गरेका कामहरुको प्रतिवेदन पनि प्रस्तुत गरिएको थियो।