काठमाडौं । नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापासँग भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणेद्वारा नेपाली सेनाको जंगी अड्डामा भेट गरेका छन् । सो अवसरमा नेपाली सेनाको फिल्ड अस्पतालका लागि उपकरण तथा भेन्टिलेटर भारत सरकारका तर्फबाट उपहारस्वरुप प्रदान समेत गरिएको छ ।


ADVERTISEMENT


नेपाली सेनाका प्रधान सेनापति थापाको निमन्त्रणामा भारतीय सेनाध्यक्ष जनरल नरवणे नेपालको तीन दिने औपचारिक भ्रमणका लागि हिजो काठमाडौं आएका हुन् । नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मा र भारतीय राजदूतावासका अधिकारीले भारतीय सेना प्रमुख नरवणेलाई विमानस्थलमा स्वागत गरेका थिए ।


ADVERTISEMENT

# # #


आज विहान आयोजित एक विशेष समारोहमा भारतीय सेना प्रमुख नरवणेले काठमाडौंको टुडिखेलस्थित सैनिक मञ्चमा रहेको वीर स्मारकमा (शहीद स्मारक) माल्यार्पण गरी मृत शहीदहरु प्रति श्रद्घान्जली अर्पण गरे । तत्पश्चात नेपाली सेनाको जंगी अड्डामा नेपाली सेनाको एक टुकुडीले उनको सम्मानमा सम्मान गारत अर्पण गरेको छ । त्यस लगत्तै जनरल नरवणेले नेपाली समकक्षी प्रधान सेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गरेका हुन् । सो भेटमा दुवै पक्षबीच दुई देशका सेनाबीचको सम्बन्ध तथा द्विपक्षीय रक्षा सहकार्य विस्तार गर्ने बारे छलफल भएको छ । नेपाली सेनाका वरिष्ठ अधिकारीहरुले भारतीय सेना प्रमुख नरवणे समक्ष ब्रिफिङ् समेत गरेका छन् ।

भारत सरकारको तर्पmबाट जनरल नरवणेले नेपाली सेनाका दुई फिल्ड अस्पताललाई एक्स–रे मेसिन, कम्प्युटेड रेडियोग्राफी सिस्टम, आइसीयु भेन्टिलेटर, भिडियो इण्डोस्कोपी युनिट, एनेस्थेसीया मेसिन, ल्याब उपकरण, एम्बुलेन्स लगायतका स्वास्थ्य सामाग्रीहरु प्रदान गरेका छन् । कोभिड–१९ महामारी विरुद्धको लडाइमा अझ सघाउ पु¥याउन नेपाली सेनालाई थप भेन्टिलेटर पनि उपहारस्वरुप प्रदान गरिएको काठमाडौं स्थित भारतीय दूतावासले जनाएको छ । यस अघि गत जुलाईमा भारतीय सेनाले नेपाली सेनालाई भेन्टिलेटर उपहारस्वरुप प्रदान गरेको थियो ।