काठमाडौं । भारतले नेपाल लगायत छिमेकी मुलुकका सेनाका अफिसरहरुलाई आफ्नो नेसनल डिफेन्स कलेजमा थप कोटा दिने घोषणा गरेको छ ।


ADVERTISEMENT


वुधबार नयाँ दिल्लीमा संवाददाताहरुसँग कुरा गर्दै रक्षा मन्त्रालयका सचिव अजय कुमारले सन् २०२१ मा १० कोटा वृद्धि गर्ने र सन् २०२२ मा थप १० कोटा वृद्धि गर्ने घोषणा गरेका हुन् ।


ADVERTISEMENT

# # #


उनका अनुसार नेपाल, म्यानमार र बंगलादेशले थप कोटा प्राप्त गर्नेछन् । त्यसैगरी भारतले अब ताजकिस्तान, इन्डानेसिया, माल्दिभ्स, उज्बेकिस्तान र फिलिपिन्सका लागि पनि यो कोर्स खुला गर्ने भएको छ ।

भारतको सो कोर्स सन् १९६१ मा २१ सहभागीबाट शुरु भएको हो । अहिले प्रत्येक वर्ष १०० जनालाई सो कोर्स प्रदान गरिन्छ र २५ कोटा विदेशी विद्यार्थीलाई छुट्याइएको छ ।

उक्त कलेजमा ४७ हप्तासम्म राष्ट्रिय सुरक्षा र रणनीति सम्बन्धी अध्ययन हुन्छ । सेना उच्च अधिकारीसँगै अन्य सामान्य नागरिकले पनि यो कोर्स लिन सक्छन् ।