काठमाडौँ – प्रधानमन्त्री केपी शर्माओलीले आफूले पदबाट राजीनामा नदिने स्पष्ट पारेका छन् ।


ADVERTISEMENT


बुधबार मनमोहन सेन्टर एनेक्सको भवनको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले आफूले राजीनामा दिन लागेको कुरा हल्ला मात्रै भएको बताए ।


ADVERTISEMENT

# # #


उनले आफूले राजीनामा दिन भनेको देशलाई बर्बादीतिर जान दिनु रहेको दाबी समेत गरे । ‘के अहिले मैँले राजीनामा दिनु हुन्छ ? राजीनामा दिन मिल्छ, मेरो लागि होइन देशको लागि ?’ उनले भने, ‘मैँले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर जान दिनु हो ।’

प्रधानमन्त्री ओलीले आफूविरुद्धको तयारीले केही फरक नपर्ने बताए । ‘म यस ठाउँमा आएको मेरा रहरले होइन, जनताको आवश्यकता र समर्थनले हो ।’ उनले भने, ‘म यहाँसम्म पुगेको जालझेल, तिक्डमले होइन, व्यापक जनसमर्थनले हो ।’

सरकार बद्लिन्छ वा फेरिन्छ कि भन्ने नसोचेर ढुक्कका साथ काम गर्न समेत निर्देशन दिए । उनले कोरोना विरुद्धको लडाई जित्ने दाबी समेत गरे ।