काठमाडौँ– महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न समयमा विभिन्न व्यक्तिका हराएका १६ थान मोटरसाइकल फेला पारी आज सम्बन्धित धनीलाई बुझाएको छ ।


ADVERTISEMENT


मोटरसाइकल हराएका सम्बन्धित धनीलाई महाशाखामा बोलाएर मोटरसाइकल बुझाइएको हो । महाशाखाले सुरेन्द्रबहादुर कार्की, कान्छा डंगोल, अर्जुन बस्नेत, दास्टेम्वा शेर्पा, प्रवीण थापा, विष्णुबहादुर लामा, बीमा भुक्तान, रञ्जितनारायण श्रेष्ठ, राजेश गुरुङ, शेखरप्रसाद प्रधान, जनक खड्का, अविश लामिछाने, सुजन नेपाल, कृष्णबहादुर लामा, विकास जोधानी र भीमबहादुर तामाङको मोटरसाइकल बुझाएको हो ।


ADVERTISEMENT

# # #


मोटरसाइकल सम्बन्धित व्यक्तिलाई बुझाउँदै महाशाखाका प्रहरी नायब महानिरीक्षक सर्वेन्द्र खनालले अस्पताल, विमानस्थल, बसपार्कलगायत क्षेत्रबाट बढी मोटरसाइकल हराउने गरेको बताए।

“सवारी पार्किङ गर्दा विचार पु¥याएर गर्नुहोस्, जथाभावी पार्किङ गर्दा धेरै मोटरसाइकल हराएको महाशाखाले पाएको छ,”, प्रमुख खनालले भने। महाशाखाले पाँच वर्ष पहिलेदेखि हराएका मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई बुझाएको हो ।