काठमाडौँ – नेपाल विद्युत् प्राधिकरणले असोजदेखि लागू हुने गरी विद्युतीय चार्जिङ स्टेशनको शुल्क निर्धारण गरेको छ ।


ADVERTISEMENT


प्राधिकरणले विद्युत् महसुल निर्धारण आयोगले दिएको निर्देशनअनुसार चार्जिङ स्टेशनको शुल्क निर्धारण गरेको हो ।


ADVERTISEMENT

# # #


यसअघि चार्जिङ स्टेशनबाट सवारी चार्ज गर्दा प्रतियुनिट १० रुपैयाँ ६० पैसा तिर्नुपर्नेमा प्राधिकरणले प्रतियुनिट सवारी चार्जको महसुल ४ रुपैयाँ ६० पैसा निर्धारण गरेको छ । यसैगरी, व्यवसायीले प्रति महिना प्रति केभिएको डिमान्ड शुल्क २५५ तिर्ने गरेकोमा त्यसलाई घटाएर रु. २३० मा सीमित गरिएको छ ।

यसअघि प्राधिकरणले चार्जिङ स्टेशनको महशुल उद्योगअन्तर्गत राखेर उठाउने गरेको थियो ।