काठमाडौँ – हिन्दूहरुको महान् चाँड बडादसैँ आजदेखि सुरु भएको छ । आश्विन शुक्ल प्रतिवदादेखि पूर्णिमापक्षसम्म १५ दिन माता दुर्गादेवीको पूजा आरधाना गरी मनाइने बडादसैँ पहिलो दिन घरमा पूजा आरधाना गरी, जमारा राख्ने गरिन्छ ।


ADVERTISEMENT


नवरात्रको पहिलो दिन नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याएर गाईको गोबरले लिपपोत गरिएको पूजाकोठामा विधिपूर्पक जमारा राख्ने गरिन्छ । त्यही जमारा पछि दशमीका दिन माता दुर्गादेवीलाई चढाएर अग्रजबाट आर्शीवाद लिन लगाइने गरिन्छ । समृतद्धिको प्रतिकका रुपमा लिइने जमरा विधिपूर्वक शुभसाइत हेरेर राख्ने गरिन्छ ।


ADVERTISEMENT

# # #


घटस्थापनाको साइत आज बिहान ११ः ४६ बजे रहेको नेपाल पञ्चाङ्ग समितिले जनाएको छ । आज दिनभर चित्रा नक्षत्र परेकाले शास्त्रीय वचनानुसार मध्याह्नकालमा अभिजित् मुहूर्तको साइत घटस्थापनाका लागि दिइएको अध्यक्ष प्रा.डाड रामचन्द्र गौतमले बताए।