एजेन्सी – कोभिड महामारीका बीच भारतमा आजदेखि सिनेमा हल र थियटर (नाटक घर) पनि सञ्चालनमा आएका छन् । भारत सरकारले गत सेप्टेम्बर १५ मा ५० प्रतिशत मात्र दर्शक राख्न पाउने गरी सिनेमा हल सञ्चालनको अनुमति दिएको थियो ।


ADVERTISEMENT


सरकारले हल खुलाउन अनुमति दिएसँगै मल्टिप्लेक्स र सिंगल थिएटरहरू प्रदर्शन शुरु गरेका हुन् । बिहीवार हल सञ्चालकहरुले ‘मंगल’, ‘केदारनाथ’, ‘थप्पड’ लगायतका सिनेमा प्रदर्शन गरेका छन् ।


ADVERTISEMENT

# # #


कोरोना संक्रमण फैलिएसँगै भारतले गरेको बन्दाबन्दीपछि चैतयता सिनेमा हलहरु बन्द थिए । कोरोनाकै कारण भारतमा नयाँ सिनेमा पनि बन्न पाएका छैनन् । अहिले धमाधम सिनेमाहरु शुटिङ हुन थालेकोमा दिवालीपछि नयाँ सिनेमाको अभाव नहुने विश्वास हल सञ्चालकहरुले गरेका छन् ।