काठमाडौँ – यूनियन लाईफ इन्स्योरेन्सले व्यतित बीमालेखहरुमा शतप्रतिशत ब्याज छुट दिने भएको छ ।


ADVERTISEMENT


यो सुविधा यूनियन लाईफ इन्स्योरेन्सबाट जारी भएका बीमालेखहरु अन्तर्गत भुक्तानी गर्नुपर्ने बीमा शुल्क निर्धारित समयमा भुक्तानी नभएका बीमालेखको लागि लागू हुने कम्पनीले जनाएको छ ।


ADVERTISEMENT

# # #


जसअनुसार आवश्यक प्रक्रिया पूरा गरी असोज २८ (आज)देखि कार्तिक ३० गतेसम्ममा पूनर्जागरण (नवीकरण) गराएमा लाग्ने बीमा शुल्क ब्याजमा शत्प्रतिशत छुट प्राप्त गर्नेछन् ।

पूनर्जागरण भएका बीमालेखहरु अन्तर्गत जोखिम वहन हुने र कम्पनीबाट प्रदान गरिने बोनस समेत प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।