काठमाडौं – सरकारले आगामी ७ कार्तिकसम्म विदेशी च्यानल क्लिन फिड (विज्ञापनमुक्त) नभए कानुन बमोजिम कारबाही गर्ने चेतावनी दिएको छ ।


ADVERTISEMENT


‘विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७६’ अनुसार विदेशी टेलिभिजन च्यानललाई कार्तिक ७ गतेसम्म क्लिन फिड भइसक्नुपर्ने प्रावधान रहेको छ । तर, क्लिनफिड कार्यान्वयनको मिति नजिकिँदै गर्दा सम्बन्धिन सरोकारवालाहरुले केही दिन पर सार्न माग गरेको भन्दै सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले तोकिएको मितिमै कार्यान्वयन हुनुपर्ने बताएका हो ।


ADVERTISEMENT

# # #


बुधबार एक एक सूचना जारी गर्दै मन्त्रालयका प्रवक्ता गोकर्णमणि दुवाडीले भारतीय ब्राडकाष्टर्स फोरम, डिस्कभरी नेटवर्क्स, बीबीसी न्युज, नेपाल केबल टेलिभिजन महासंघ जस्ता संघसंस्थाबाट क्लिन फिड प्रसारणको म्याद थप्न माग गरिएको ध्यानाकर्षण भएको जनाएका छन् ।

मन्त्रालयले ऐनको मर्म र भावना अनुरुप नै क्लिफिडसहितको च्यानल प्रसारण गर्न आग्रह गरेको छ । त्यसो नभएमा कानूनअ बमोजिम हुने मन्त्रालयले बताएको छ। यसमा अटेरी भएमा त्यस्ता च्यानल बन्द गर्ने कानुनी व्यवस्था छ ।