काठमाडौँ – सरकारले सार्वजनिक यातायातमा पनि सिट क्षमताअनुसार नै यात्रु राख्न अनुमति दिएको छ । सोमवार बसेको मन्त्रि मन्त्रिपरिषद्को बैठकले यसअघि बढीमा आधा सिट क्षमतामा चलाउनुपर्ने पहिलेको निर्णय उल्टाएको हो ।


ADVERTISEMENT


कोरोना नियन्त्रणका लागि सिमा कडाइ गर्नुपर्ने तथा कडा लकडाउन गर्नुपर्ने बहश भइरहेकै वेला सरकारले लामो दूरीसहितका यातायातमा पनि सिट क्षमताअनुसार नै यात्रु राख्न अनुमति दिएको हो ।


ADVERTISEMENT

# # #


यसअघि विज्ञहरुको सुझावमा सरकारले ५० प्रतिशत भाडा वृद्धि गरी सार्वजनिक यातायातमा आधा मात्र यात्रु बोक्न दिने निर्णय गरेको थियो ।