एजेन्सी – युएईमा जारी १३ औँ संस्करणको इण्डियन प्रिमियर लिग (आइपएल)को उपाधी दाबेदार मानिएको दिल्ली क्यापिटल्सलाई अर्को झट्का लागेको छ । दिल्लीका तीव्र गतिका बलर इशान्त शर्माले आइपीएलबाट बाहिरिएका छन् ।


ADVERTISEMENT


पेटको मांसपेशीमा दुखाई भएपछि इशान्तले आइपीएलको बाँकी सबै खेल गुमाउने भएका हुन् । दिल्लीले उनको प्रतिस्थापनका लागि प्रक्रिया थालेको छ ।


ADVERTISEMENT

# # #


यसपटक दिल्लीलाई चोटले निकै सताएको छ । यसअघि दिल्लीका महत्वपूर्ण बलर अमित मिश्रा पनि औँलामा चोटका कारण आइपीएलबाट बाहिरिएका थिए । यस्तै विकेटकिपर रिशभ पन्तले पनि चोटका कारण आइतबार रोयल च्यालेन्जर बैंगलोर विरुद्धको खेल गुमाएका थिए ।

दिल्ली ७ खेलमा ५ जित हात पार्दै १० अंकका साथ अंकतालिकाको दोस्रो स्थानमा रहेको छ ।