जाजरकोट– बारेकोट गाउँपालिका वडा नं ८ का ४८ वर्षीय पठाने नेपाली नलगाड नदीमा खसेर बेपता भएका छन् ।


ADVERTISEMENT


बुधबार बेलुकी ८ बजे नेकपा एमालेको बारेकोट गाउँपालिकाको भेलाबाट फर्कंने क्रममा सेपुखोलास्थित नलगाड नदी काठको पुलबाट तर्ने क्रममा खसेर बेपता भएका हुन् । बेपता नेपालीको खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ । रासस


ADVERTISEMENT

# # #