काठमाडौँ – स्टक ब्रोकर्स एशोसिएसन अफ नेपाललले शेयर कारोवार अनलाइनबाट मात्र गर्न आग्रह गरेको छ ।


ADVERTISEMENT


बढ्दै गएको कोरोना संक्रमणको जोखिमका कारण लगानीकर्ता तथा संघका सदस्यलाई विधुतीय माध्यमबाट कारोबार अनिवार्य गर्न आग्रह गरिएको हो । एशोसिएनले विज्ञप्ति निकाल्दै कतिपय ब्रोकर कम्पनीहरुमा कोरोना देखिसकेकाले ग्राहक र कर्मचारी उच्च जोखिममा रहेको बताएको छ ।


ADVERTISEMENT

# # #


विज्ञप्तिमा हाल भौतिक उपस्थिति बिनानै धितोपत्रको दोस्रो बजारमा कारोबार गर्नका लागि खाता खोल्न, कारोबार गर्न, राफसाफ गर्न तथा कारोबारसँग सम्वन्धित सम्पूर्ण कार्य विधुतीय माध्यमबाटनै गर्न सक्ने अवस्था रहेको उल्लेख गरिएको छ ।