काठमाडौं – दुगड स्पाइसेस एण्ड फुड प्रोडक्टस प्रा. लि. विराटनगरले उत्पादन गरेको नुन सतप्रतिशत गुणस्तरीय र जायज मूल्य अनुसार नै बिक्री वितरण भईरहेको सरकारी निकायहरुले ठहर गरेका छन् ।


ADVERTISEMENT


उद्योगले विश्‍वका अनेकौँ मुलुकमा भएको एउटा नयाँ प्रविधिको पुनः प्रयोग गर्न मिल्ने, वर्षौंसम्म नबिग्रने, नुनको जीवन वर्षौंसम्म कायम राख्‍ने अत्याधुनिक खाली बट्टा भारत वा अन्य मुलुकबाट झिकाउनु पर्नाले स्वभाविक रुपमा नै महङ्‍गो हुन जाने बताईएको छ ।


ADVERTISEMENT

# # #


टेबुल साल्टको मूल्य बढी जस्तो देखिए पनि यसको बहुउपयोगी बट्टाको मूल्य बढी पर्ने भएको हुनाले आधुनिक प्याकिङको नुन महंगो भएको र नुनको मात्र मूल्य नभई प्याकिङको पनि मूल्य भएका कारण उद्योगले परीक्षण उत्पादन गरेको टेबुल साल्टको उत्पादन लागतमा केवल १२ प्रतिशत मात्र नाफा राखी बजारमा बिक्री वितरण गर्ने गरी परीक्षणका समयमा अधिकतम खुद्रा बिक्री मूल्य निर्धारण गरिएको स्पष्ट पारिएको छ ।

सेन्चुरी नुनबारे केही संचार माध्यममा भ्रामक कुराहरू आएकोतर्फ ध्यानाकर्षण गर्दै उद्योग विभागबाट मसला र स्न्याक्स उत्पादन गर्ने अनुमति पाएको यस उद्योगले नुन पनि मसाला वर्गमै पर्ने भएकाले स्वत अनुमति पाइसकेको कुरा स्पष्ट पारिएको छ ।

उद्योग विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अनुसार समेत यसबारे अनुसन्धान हुँदा गुणस्तरीयता र मूल्य निर्धारणमा प्रश्न उठाउने ठाउँ नरहेको जनाईएको छ ।

टेबुल साल्ट उत्पादन गरी उपभोक्तालाई सुविधाजनक डिब्बामा बिक्री वितरण गर्ने अवधारणा अनुसार उत्पादन शुरु गर्न केही समय अघिदेखि नै साल्ट ट्रेडिङ्ग कर्पोरेशनसँग छलफल चलिरहेको र केही समयमै यस सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्ने तयारी समेत भईरहेको स्पष्ट पारिएको छ ।

यसै बीच केही नुन साल्ट ट्रेडिङ्ग कर्पोरेशनसँगै खरिद गरी परीक्षण उत्पादनको रूपमा सुविधाजनक बट्टामा प्याक गरी बजार सर्वेक्षणका लागि बजार पठाईएको कम्पनीले जनाएको छ ।

खाद्य सामग्रीको उत्पादन र बिक्री वितरण गर्नु पूर्व खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट अनुज्ञा पत्र लिनुपर्ने भएकाले उक्त विभागसँग सोका लागि अनुरोध गरिसकिएको तर साल्ट ट्रेडिङ्ग कर्पोरेशनको अनुमति बिना अनुज्ञापत्र उपलब्ध गराउन नसकिने जानकारी प्राप्‍त भएकाले परीक्षण उत्पादन र बजार सर्वेक्षणको कार्य बन्द गरी साल्ट ट्रेडिङ्ग कर्पोरेशनसँग समझदारी पत्रका लागि पुन अनुरोध गरिएकोमा कर्पोरेशनले यसका लागि केही समय लाग्‍ने जनाएका कारण परीक्षण उत्पादन पूर्ण रूपमा रोकेर राखेको समेत बताईएको छ ।

उपभोक्तालाई एउटा छनौटको सुविधा मात्र दिने गरी उत्पादनमा ल्याइएको अत्यावश्यकीय वस्तु उद्योगले आफ्‍ना उत्पादनहरू १५ देशमा निर्यात गर्दै आएको र नेपालमामा समेत अब्बल स्थान हासिल गरिरहेको उद्योग तथा बजार अनुगमनबाट पाईएको जनाईएको छ ।