बैतडी – बैतडीको पञ्चेश्वर गाउँपालिका–४ आमचौरामा जीप दुर्घटना हुँदा १० जना घाइते भएका छन् । शुक्रबार बिहान से.१ ज ८८८ नम्बरको जिप सडकबाट करिब ५० मिटर तल खस्दा १० जना घाइते भएका हुन् ।


ADVERTISEMENT


घाइतेहरुको स्थानीय स्वास्थ्य चौकीमा सामान्य उपचार पश्चात थप उपचारको लागि डडेल्धुरातर्फ पठाइएको प्रहरीले जनाएको छ ।


ADVERTISEMENT

# # #


प्रहरीका अनुसार जीपका चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।